सेयर बजारमा दोहोरो अंकको सुधार: नेप्से २६४८ विन्दुमा

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार १५:३५

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार १०.३० अंकले बढेको छ । यस वृद्धिसँगै नेप्से परिसूचक २६४८.९० विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो दिन मंगलबार पनि बजार २१ अंकले बढेको थियो ।

कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब २३ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा कुल १५७ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

समूहगत परिसूचकतर्फ जीवन बीमा समूह सबैभन्दा धेरै १.७९ प्रतिशतले उकालो लागेको छ । यस्तै बैंकिङ ०.२२, विकास बैंक ०.२१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगानी ०.३० र उत्पादन तथा प्रशोधन ०.८३ प्रतिशतले बढेका छन् । माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहमा पनि सामान्य सुधार देखिएको छ । यद्यपि, व्यापार समूह ०.८९ र फाइनान्स समूह ०.२८ प्रतिशतले घटेका छन् ।

आज साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त र सुपरमाइ हाइड्रोपावरका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन् । अर्कोतर्फ, हिमालयन पावर पार्टनरको मूल्य ५.९८ प्रतिशतले घटेर सर्वाधिक गुमाउनेमा परेको छ । आज आँखुखोला जलविद्युत्, ङादी ग्रुप र एसवाई प्यानल लगायतका कम्पनीको धेरै कारोबार भयो ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.