सेयर बजारमा सामान्य सुधार, ४ अर्ब १७ करोडको कारोबार

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १५:३२

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक ६.०३ अङ्कले बढेर २६५४.९३ विन्दुमा पुगेर बन्द भएको छ।

आज बजारमा कुल ३३५ कम्पनीका १ करोड ५३ लाख कित्ता सेयर खरिदबिक्री भए। दिनभरको कारोबारबाट ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएका कम्पनीहरूमध्ये १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज सबैभन्दा धेरै कमाउनेमा सालपा विकास बैंक रहेको छ, जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५८४.५० रुपैयाँ पुगेको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिलको मूल्य ९.२६ प्रतिशत र हिम स्टारको मूल्य ६ प्रतिशतले वृद्धि भएको छ। समूहगत परिसूचकतर्फ होटल, उत्पादनमूलक, माइक्रोफाइनान्स र म्युचुअल फण्ड घटेका छन् भने बाँकी समूह बढेका छन्। निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०६ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज अपी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, आँखुखोला जलविद्युत कम्पनीको २१ करोड १३ लाख र एसवाई प्यानलको १५ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.