प्रेम सम्बन्धले निम्त्याएको हत्या

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार १२:५३

धनुषा । धनुषाको औरही गाउँपालिकामा १८ वर्षीय युवक सुमितकुमार मण्डलको बीभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका दुई दाजुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन आयोजना गरी प्रेम सम्बन्ध र त्यसबाट उत्पन्न विवाद नै हत्याको मुख्य कारण रहेको खुलासा गरेको हो।

गत फागुन १४ गते औरही गाउँपालिका–६, चक्करस्थित मसुरी खेतमा घाँटी रेटिएको अवस्थामा सुमितको शव फेला परेको थियो। मृतक सुमित हंसपुर नगरपालिका–९, बुदौलका बासिन्दा र स्थानीय सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिए। प्रहरी अनुसन्धानका अनुसार सुमित र १७ वर्षीया काजल कुमारी मण्डलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ।

घटना विवरण अनुसार फागुन १३ गते साँझ काजलले सुमितलाई आफ्नो घरमा बोलाएकी थिइन्। सोही समयमा परिवारका सदस्यहरूले उनीहरूलाई फेला पारेपछि विवाद सुरु भएको थियो। विवाद बढ्दै गएपछि काजलका दाजु २० वर्षीय दीपेशकुमार र काकाका छोरा २९ वर्षीय परमेश्वर मण्डलले सुमितलाई नियन्त्रणमा लिएर हात बाँधी मोटरसाइकलमा राखेर एकान्त ठाउँमा पुर्‍याएका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरका अनुसार अभियुक्तहरूले सुमितलाई घरबाट करिब डेढ किलोमिटर टाढा लगेर खुकुरी प्रहार गरी घाँटी रेटेर हत्या गरेका थिए। हत्यापछि प्रमाण लुकाउन सुमितको मोटरसाइकल विदेह नगरपालिकामा लुकाइएको थियो। प्रहरीले हत्यामा प्रयोग गरिएको खुकुरी, डोरी र मोटरसाइकल समेत बरामद गरिसकेको छ।

पक्राउ परेका काजल, दीपेश र परमेश्वरमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। एसपी कुँवरले जिल्लामा भएका अन्य आपराधिक घटनाहरूको पनि सूक्ष्म अनुसन्धान भइरहेको र दोषीहरूलाई कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.