यूएईमा रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १६, शनिबार १८:१०

काठमाडौं । अमेरिका र इरान युद्धका कारण संयुक्त अरब इमिरेट्स (यूएई)स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

दूतावासले विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली दूतावास–महावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो । विज्ञप्तिमा मध्यपूर्वको सिर्जित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहन भनिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.