होली र चुनावको बिदामा पनि बैंकिङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार ११:३७

काठमाडौं।। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैङ्कले एक निर्देशन जारी गर्दै होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन कार्यालयहरू सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो।

राष्ट्र बैङ्कले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैङ्कहरूलाई भुक्तानी र राजस्व दाखिलाको उचित व्यवस्था मिलाउन निर्देशन दिएको छ।

विशेषगरी निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दल तथा उम्मेदवारहरूका नगद, चेक वा अन्य विनिमय साधनहरूको दाखिला र भुक्तानीलगायतका बैङ्किङ सेवाहरू निरन्तर प्रदान गर्न यस्तो व्यवस्था गरिएको हो। यस निर्णयले निर्वाचनको समयमा हुने आर्थिक कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.