
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद बस्तु फेला परेको छ । मंगलबार बिहान जिल्ला प्रशासन कार्यालय अगाडि रहेको रोटरीस्तम्भ छेउमा शंकास्पद बस्तु फेला परेको हो ।
शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाकाे टाेलीले शंकास्पद बस्तुलाई निस्क्रिय बनाएकाे प्रहरीले जनाएकाे छ ।
साेमबार राति शंकास्पद बस्तु भेटिएपछि प्रहरीले साे क्षेत्रमा सतर्कता अपनाएकाे थियाे । मंगलबार बिहान सेनाकाे टाेलीले नष्ट गरेकाे हाे ।
त्रास फैल्याउने उदेश्यले माटाेकाे भाडाेमा बस्तु राखेकाे देखिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले घटनामा संलग्न व्यक्तिकाे खाेजी सुरु गरेकाे छ ।


























