सर्वोच्च अदालत र सिंहदरबार आगजनी प्रकरणमा १२ जनाविरुद्ध मुद्दा दायर

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार ०६:१७

काठमाडौं । जेनजी आन्दोलनको आवरणमा भदौ २४ गते राज्यका प्रमुख संरचनामाथि भएको आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उपत्यकाभित्रका अदालत, प्रहरी कार्यालय तथा सिंहदरबार क्षेत्रमा आगजनी र उपद्रो मच्चाएको अभियोग अदालत लगेको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार सिंहदरबारभित्र आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा आशिष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।

त्यस्तै, सर्वोच्च अदालत परिसरमा आगजनी गरी ठूलो धनजनको क्षति पुर्‍याएको अभियोगमा सुनील श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध पनि मुद्दा दर्ता भएको छ । अभियोगपत्रअनुसार सर्वोच्च अदालतमा गरिएको आगजनीबाट एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ ।

घटनापछि सर्वोच्च अदालतले संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

यसैगरी, प्रहरी वृत्त बौद्धमा भएको तोडफोडको आरोपमा समीर श्रेष्ठ र सुनील तामाङविरुद्ध तथा प्रहरी प्रभाग बलम्बुमा क्षति पुर्‍याएको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध मुद्दा दायर गरिएको छ ।

सबै प्रतिवादीलाई हाजिर जमानीमा रिहा गरिएको छ भने अब अदालतबाट म्याद जारी हुने बताइएको छ । घटनामा मुछिएका भनिएका विष्णुप्रसाद ढुंगोलविरुद्ध भने पर्याप्त प्रमाण नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

उक्त आगजनी र तोडफोडजस्तो विध्वंसमा जोडिएकाहरु अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दल तथा स्वतन्त्रबाट उम्मेदवार छन् । भदौ २४ गते देशका सर्वोच्च संरचना जलाएर ध्वस्त पार्दै विध्वंस मच्चाइएको थियो ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.