प्रतिनिधिसभाका उम्मेदवार नगदसहित पक्राउ

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १०:०९

सिरहा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिरहाको क्षेत्र नम्बर ३ का जसपा (जनता समाजवादी पार्टी) नेपालका उम्मेदवार अशेश्वर यादव नगदसहित पक्राउ परेका छन् ।

प्रहरीले भारत–नेपाल सीमा नजिकै माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्कारपियो गाडीलाई शिवचोकमा रोक्दा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ बरामद भएको थियो । त्यसलगत्तै प्रहरीले उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । नगद कसरी ल्याइयो भन्ने विषयमा स्पष्ट विवरण प्राप्त भएको छैन । यस घटनाले मौन अवधिमा निर्वाचन तयारी र उम्मेदवारका गतिविधिहरूमा सुरक्षा एवं कानुनी प्रश्न उठाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.