
पर्सा । पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार रहेका मनोजकुमार चौधरी विष्फोटक पदार्थसहित पक्राउ परेका छन् ।
पर्सागढी नगरपालिका–२ मा प्रहरीको नियमित चेकजाँचका क्रममा चौधरी सवार गाडीबाट बम जस्तो देखिने पदार्थ भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीसहित गाडीमा रहेका ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
एसपी सुदीपराज पाठकले विष्फोटक पदार्थ डिस्पोज गरिसकिएको र सम्बद्ध व्यक्तिहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

























