विराटनगरमा खाना पकाउने ग्यास अभाव, उपभोक्ता मारमा

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २८, बिहीबार १४:५४

विराटनगर । विराटनगरमा पछिल्लो एक सातादेखि खाना पकाउने ग्यासको अभाव चर्किएपछि उपभोक्ताहरू समस्यामा परेका छन् ।

रोजगारीका क्रममा सप्तरीबाट आएका शंकर परिहस्त ग्यास नपाउँदा निकै मर्कामा परेका छन् । नियमित रूपमा ग्यास साट्दै आएको डिलरले ग्यास दिन्छु भने पनि अहिलेसम्म नपाएको उनले गुनासो गरे । ग्यास नहुँदा कोठामा खाना पकाउन नपाएको र दैनिक होटलमा खाएर साध्य नहुने उनले बताए ।

यस्तै समस्या विराटनगर-१२ मा होटल सञ्चालन गर्दै आएका सुमन निरौलाको पनि छ । होटलमा अब एउटा मात्र सिलिन्डर बाँकी रहेको र डिलरले पठाउँछु भने पनि अहिलेसम्म नआइपुगेको उनले बताए । बजारमा ग्यास अभावको हल्लाले आफूहरू जस्ता काम गरेर खानेलाई निकै मर्का पर्ने उनको भनाइ छ । होली पर्वपछि विराटनगरमा ग्यासको आपूर्ति सहज हुन सकेको छैन ।

नेपाल ग्यास विक्रेता संघ मोरङका अध्यक्ष सुनिल बोहराले बजारमा पूर्ण अभाव भन्दा पनि आपूर्तिमा केही कमी आएको बताए । पहिले दैनिक ५ सय सिलिन्डर पठाउने कम्पनीहरूले अहिले १ सय ५० देखि २ सय वटा मात्र उपलब्ध गराइरहेकाले समस्या देखिएको उनले बताए ।

बिहीबार बेलुकाबाट आपूर्ति सहज हुने आश्वासन कम्पनीहरूले दिएको उनले जानकारी दिए । मध्यपूर्वी देशहरूमा जारी युद्धका कारण मानिसहरूले घरमा ग्यास स्टक राख्न थालेकाले पनि अभाव देखिएको उनको भनाइ छ । एक घरमा ४ देखि ६ वटासम्म सिलिन्डर राख्ने प्रवृत्तिले समस्या थपेको उनले बताए ।

विराटनगर-१० पिपल चोकका ग्यास विक्रेता भोजराज दाहालका अनुसार माग ह्वात्तै बढेकाले आपूर्ति मिलाउन कठिन भएको छ । सामान्यतया मासिक ७-८ सय सिलिन्डर खपत हुने क्षेत्रमा फागुन महिनामा १ हजारभन्दा बढी बिक्री भइसकेको उनले जानकारी दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले ग्यास अभावबारे सरोकारवाला निकायहरूसँग छलफल भइरहेको बताए । ग्यास कम्पनी, पेट्रोलियम डिलर्स एशोसिएसन र विक्रेता संघसँग मिलेर बजारमा ग्यास सहज बनाउन काम गरिरहेको उनले उल्लेख गरे ।

विराटनगरमा १५० भन्दा बढी ग्यास डिलरहरू रहेका छन् । यहाँ कोशी, प्रिमा, सुविधा, रिजाल, कन्काई, मेची, श्रीशक्ति, कामाख्या र पराजुली लगायतका ग्यास बिक्री हुने गर्दछ । संघका अनुसार विराटनगरमा मासिक करिब ३० हजार सिलिन्डर ग्यासको माग रहेको छ । हाल प्रतिसिलिन्डरको मूल्य १ हजार ९ सय १० रुपैयाँ तोकिए पनि डेलिभरी शुल्कबापत थप ५० देखि १०० रुपैयाँसम्म लिने गरिएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.