३० किलो गाँजासहित संखुवासभाका युवक धरानबाट पक्राउ

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २८, बिहीबार १५:०२
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धरान । सुनसरीको धरान उप-महानगरपालिका-१३ फुस्रेबाट प्रहरीले ३० किलो अवैध लागू औषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार बिहान सवा ९ बजेतिर उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा संखुवासभाको सिलिचोङ गाउँपालिका-४ बस्ने २० वर्षीय सन्दिप राई छन्। शंकास्पद अवस्थामा हिँडिरहेका राईले बोकेको झोला जाँच गर्दा भित्र लुकाएर राखिएको अवस्थामा ३० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले बरामद गरिएको गाँजा र अभियुक्त राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान पुर्‍याएको छ। उनीमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको र यस घटनामा अन्य व्यक्तिहरूको संलग्नताबारे पनि खोजतलास भइरहेको प्रहरीले बताए।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.