
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँले बढेको हो।
महासङ्घले सोमबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ तोकेको छ। आइतबार प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला ५ हजार २७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार २७० रुपैयाँ कायम भएको छ। आइतबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो।

























