नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २, सोमबार १८:१६

विराटनगर । सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगरस्थित कञ्चनबारी शाखामा ४ करोड ९१ लाख रुपैयाँभन्दा बढी वित्तीय हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालय माेरङमा उजुरी परेकाे छ ।बैंकको आन्तरिक छानबिनका क्रममा नक्कली ऋणी खडा गरेर ठुलो परिमाणमा रकम दुरुपयोग भएको पाइएपछि बैंक प्रशासनले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको हो ।

विराटनगर-३, राजवंशी चोकमा रहेको उक्त शाखामा भएको घोटाला प्रकरणमा बैंकका कर्मचारीहरूकै प्रत्यक्ष संलग्नता देखिएको छ ।

Advertisement

बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार नियमित रूपमा गरिने ‘सरप्राइज अडिट’ (आकस्मिक लेखापरीक्षण) का क्रममा ऋण लगानीमा शंकास्पद विवरणहरू भेटिएका थिए । चाडबाडको समय पारेर केही कर्मचारीको मिलेमतोमा नक्कली ऋणीका नाममा ऋण प्रवाह गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘नक्कली ऋणी खडा  गरेकाे देखिएपछि हामीले सूक्ष्म अध्ययन गर्यौं,’ सूचना अधिकारी अधिकारीले भने, ‘अनुसन्धानका क्रममा अधिकारको दुरुपयोग गरी बैंकलाई नोक्सानी पुर्‍याएको देखिएपछि हामीले प्रहरीमा प्रतिवेदन बुझाएका छौं  ।’

बैंक प्रशासनले उक्त शाखाको सञ्चालन विभाग प्रमुख (अपरेशन हेड) रोजी कँडेललाई मुख्य योजनाकारका रूपमा औंल्याएको छ । कँडेलले अन्य ४–५ जना कर्मचारीको ‘युजर आइडी’ समेत दुरुपयोग गरेर ऋण स्वीकृत गराएको बैंकको दाबी छ । यद्यपि, बैंक स्रोतका अनुसार यो प्रकरणमा कँडेल एक्लैको संलग्नता नभई अन्य उच्च तहका कर्मचारीहरूको पनि मिलेमतो छ ।

घोटाला सार्वजनिक हुनुपूर्व नै बैंकले आन्तरिक रूपमा क्षतिपूर्तिको प्रयास गरेको बुझिएको छ । बैंकले रोजी कँडेलको परिवारबाट ७ करोड रुपैयाँ बराबरको जग्गा धितो राखेर मात्र फागुन २८ गते प्रहरीमा जाहेरी दिएको थियो । अर्कोतर्फ, मुख्य आरोपित भनिएकी रोजी कँडेलले भने आफूलाई मात्र निसाना बनाइएको र अन्य दोषीलाई जोगाउन बैंकले फसाउन खोजेको दाबी गरेकी छन् । उनले पनि जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले बैंक उजुरी परेको पुष्टि गर्दै गम्भीरताका साथ अनुसन्धान भइरहेको बताए । ‘बैंकको जाहेरीपछि हामीले अनुसन्धान प्रक्रिया अघि बढाएका छौं,” एसपी कटवालले भने, “केही प्राविधिक र प्रशासनिक विषयमा स्पष्ट हुन बैंकलाई पत्रसमेत लेखिएको छ । अनुसन्धानपछि मात्रै यो प्रकरणमा अरु को-को संलग्न छन् भन्ने स्पष्ट हुनेछ ।’

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.