
विराटनगर । कोशी प्रदेशमा पहिलोपटक मोरङ उद्योग संगठनले ‘होम बिल्ड एक्जिविसन’ आयाेजना गर्ने भएकाे छ । चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा होम बिल्ड एक्जिविसन आयाेजना गर्ने भएकाे हाे ।
याे प्रदर्शनीले केवल निर्माण सामग्री प्रदर्शन गर्न मात्र नभई, आवासीय डिजाइन, इन्टेरियर, फर्निचर, प्रविधि, वित्तीय सुविधा र बीमा सेवा जस्ता विभिन्न पक्षलाई समेटेर एउटा सम्पूर्ण ‘घर निर्माणको उत्सव’ बन्ने संगठनले बताएकाे छ ।
संघका अध्यक्ष नन्दकिशोर राठीले नवप्रवर्तन र आधुनिक निर्माण अभ्यासमा जनचेतना अभिवृद्धि गर्ने उदेश्यले होम बिल्ड एक्जिविसन गर्न लागिएकाे बताए । होम बिल्ड एक्जिविसनले उद्योगी, व्यवसायी र उपभोक्ताबीचको सञ्जाललाई बलियो बनाउने उनले बताए ।

























