
विराटनगर । नेपाली बजार आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको २ हजार २ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य मंगलबार ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको १ सय ८५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ५ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबार ५ हजार ३ सय ३५ रूपैयाँ थियो ।

























