
काठमाडौंं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा गिरावट आएको छ। बुधबार प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ हजार ४ सय रुपैयाँले घटेर ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव स्थानीय बजारमा परेको व्यवसायीहरूले बताएका छन्।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १४० रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ। त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ।

























