विराटनगरमा पहिलो पटक ‘घर निर्माण’ प्रदर्शनी हुँदै

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार १५:५०
विराटनगरमा पहिलो पटक ‘घर निर्माण’ प्रदर्शनी हुँदै

विराटनगर । उद्योग संगठन मोरङले निर्माण क्षेत्रको समग्र विकास र उपभोक्ता सचेतनालाई प्राथमिकता दिँदै विराटनगरमा पहिलो पटक क्षेत्र विशेष ‘घर निर्माण प्रदर्शनी २०८२’ (सीआईएम होम बिल्ड एक्जिबिसन २०२६) आयोजना गर्ने भएको छ ।

उद्योग संगठनले विराटनगरमा पत्रकार सम्मेलन गरी व्यवसाय तथा व्यवसायदेखि उपभोक्ता नेटवर्किङलाई प्रवद्र्धन गर्दै निर्माण व्यवसाय क्षेत्रलाई चलायमान बनाउन प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले चैत १२ देखि १६ गतेसम्म विराटनगरस्थित जैन भवनमा ‘सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजना हुने बताए । निर्माण क्षेत्रका नेपाली औद्योगिक उत्पादन तथा सेवाहरूको प्रवर्द्धन, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अभिप्रायले घर निर्माण सम्बन्धी प्रदर्शन गर्न लागेको राठीले बताए ।

वर्तमान समयमा संकुचित बनेको बजारलाई चलायमान बनाउन र निर्माण क्षेत्रसँग सम्बन्धित दक्ष प्राविधिक, श्रमिक, परामर्शदाता र उत्पादकहरूलाई एउटै थलोमा ल्याउन यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ ।  घर निर्माण गर्दा कस्तो सामग्री छान्ने, कसरी सुरक्षित र भूकम्प प्रतिरोधी घर बनाउने र पुराना घरको जीर्णोद्धार कसरी गर्ने भन्ने विषयमा जनचेतना फैलाउनु यसको उद्देश्य रहेको प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छाले बताए ।

घर निर्माणको जगदेखि आन्तरिक सजावटसम्मका सामग्री र सेवाहरूसहित प्रदर्शनीमा ७५ भन्दा बढी स्टलहरू देख्न पाइने छ । प्रदर्शनीमा विज्ञहरुले दैनिक रूपमा २ घण्टा वाटर रुफिङ, सोलार होम प्रणाली, धमिरा नियन्त्रण, आधुनिक किचन प्रविधि, भूकम्प प्रतिरोध र आगोबाट सुरक्षा जस्ता विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ । उद्योग संगठन मोरङले यस प्रदर्शनीको माध्यमबाट नेपाली निर्माण सामग्रीको प्रवर्धन र आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.