मोरङको रतुवामाईमा बाबुको हत्या, डेढ महिनापछि छोरा पक्राउ

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार १६:१६

विराटनगर । मोरङमा बाबुको हत्या गरेर फरार रहेका एक जना पुरुषलाई प्रहरीले डेढ महिनापछि पक्राउ गरेको छ ।

रतुवामाई नगरपालिका–३ चौकीघाटका ४९ वर्षीय श्रवणकुमार सहनी आफ्नै बाबुमाथि आक्रमण गरेको डेढ महिनापछि शुक्रबार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सिजुवाका असई रमेश नेपाल नेतृत्वको टोलीले श्रवणकुमारलाई झापाको गौरीगन्ज गाउँपालिका–६ देवीगन्जबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार श्रवणकुमारले घरायसी विवादका क्रममा गत माघ २० गते साँझ आफ्नै बुवा ७० वर्षीय सत्रुधन सहनीलाई लछारपछार र कुटपिट गरेका थिए । छोराको आक्रमणबाट गम्भीर घाइते भएका सत्रुधनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

प्रहरीका अनुसार उपचार सम्भव नहुने भनेर अस्पतालले डिस्चार्ज दिएपछि उनलाई घर लगेर राखिएको थियो । सत्रुधनको आफ्नै घरमा फागुन २८ गते मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार सामान्य घरायसी विवादमा बुवालाई आक्रमण गरेर श्रवणकुमार फरार भएका थिए ।

आक्रमण गरेर भागेका उनी बाबुको मृत्यु हुँदासम्म पनि फेला परेका थिएनन् । लामो समयदेखि फरार रहेका उनलाई झापामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेर पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेका श्रवणकुमारविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ । प्रहरीले आइतबार म्याद थप गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.