वरिष्ठ गीतकार किरण खरेललाई  ‘परशु–कल्पना स्रष्टा सम्मान’ 

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ८, आइतबार ०९:१४
वरिष्ठ गीतकार किरण खरेललाई  ‘परशु–कल्पना स्रष्टा सम्मान’  वरिष्ठ गीतकार किरण खरेललाई  ‘परशु–कल्पना स्रष्टा सम्मान’ 

काठमाडौं । प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित  ‘परशु–कल्पना स्रष्टा सम्मान–२०८२’ बाट वरिष्ठ गीतकार किरण खरेललाई सम्मानित गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा आयोजित एक विशेष समारोहका बीच वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई उक्त सम्मान प्रदान गरे ।

सम्मानको साथमा नगद राशि १ लाख १११ रुपैयाँ र सम्मानपत्र रहेको छ । सो अवसरमा स्व. परशु प्रधानका परिवारका सदस्यहरूले समेत खरेललाई सम्मान अर्पण गरेका थिए ।

सम्मान अर्पण गरेपछि बोल्दै प्रा.डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई बधाई दिँदै स्व. परशु प्रधानको कथाकारितामाथि चर्चा गरे । उनले प्रधानका कथाहरूको अब नयाँ दृष्टिकोणबाट पुनर्मूल्यांकन गरिनुपर्नेमा जोड दिए । ‘मेरो विचारमा अब नयाँ पद्धतिका साथ उनका कथाहरूको समीक्षा र मूल्यांकन हुनु आवश्यक छ,’ श्रेष्ठले भने ।

कार्यक्रममा गीतकार रमण घिमिरेले सम्मानित व्यक्तित्व किरण खरेलको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे । उनले गीत लेखन खरेलको  ‘लत’ नै भएको बताउँदै उच्च शिक्षा हासिल गरेर पनि अन्य पेसामा नलागी उनी निरन्तर गीत सिर्जनामै समर्पित रहेको उल्लेख गरे । घिमिरेले खरेललाई नेपाली गीत सिर्जनाको एउटा ‘महाविद्यालय’ को संज्ञा दिँदै कुशल उद्घोषकको रूपमा पनि उनको पहिचान उच्च रहेको बताए ।
यस्तै, गीतकार दिनेश अधिकारीले खरेललाई  ‘हिउँदको खोला’ सँग तुलना गर्दै उनी शान्त तर निरन्तर रूपमा सिर्जनाकर्ममा लागिपरेको बताए । आज नेपाली गीतले जुन उचाइ हासिल गरेको छ, त्यसको मुख्य श्रेय खरेललाई नै जाने अधिकारीको तर्क थियो ।

साहित्यकार शैलेन्द्र साकारले परशु प्रधानसँगका अविस्मरणीय पलहरू स्मरण गर्दै किरण खरेलले प्रधानका कथाहरूलाई रेडियो नेपालमा  ‘गीति कथा’ का रूपमा प्रसारण गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याएको जानकारी दिए ।
स्रष्टा परशु प्रधानका छोरा प्रतीक प्रधानले बुबाको स्मृतिमा ४ दिदी भाइ मिलेर यो सम्मान स्थापना गरेको बताए । उनले भने ‘हामी आज जुन अवस्थामा छौँ, त्यसमा बुबाको साहित्य साधनाको ठुलो योगदान छ । साहित्यकार भनेका समाजका रत्न हुन् भन्ने कुरा हामीले बुबाबाटै सिकेका हौँ ।’

तपाइको प्रतिक्रिया
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×