
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदीको मूल्य दैनिक रूपमा ओरालो लागिरहेको हो ।
सुनको मूल्य तोलाको ६ हजार ५ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य आइतबार तोलाको २ लाख ८२ हजार रूपैयाँ थियो ।
त्यस्तै, चाँदी तोलाको तोलाको १ सय १५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी मूल्य तोलाको ४ हजार ४ सय २५ रूपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूलय प्रतितोला ४ हजार ५ सय ४० रूपैयाँ थियो ।

























