विराटनगरबाट भारतीय नागरिक मसुल अन्सारी पक्राउ

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १०, मंगलबार ०६:१८
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । विराटनगरबाट भारतीय नागरिक मसुल अन्सारीलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।

भारत बिहारका २९ वर्षीय अन्सारीलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले साँझ ६ः३० बजेतिर पक्राउ गरेको हो । जोगवनीबाट पैदल नै नेपाल आउँदै गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने पदार्थ बरामद भएको थियो । अन्सारीको साथमा ३२ ग्राम ब्राउन सुगर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्सारीलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.