
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो ।
महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय उतारचढाव भइरहेको सुनको मूल्यमा आज आएको यो गिरावटलाई उपभोक्ताका लागि राहतको रूपमा हेरिएको छ।
सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ । सोमबार प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ८० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँ कायम गरिएको छ।

























