
विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको १४ हजार ६ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रूपैयाँ पुगेको छ । मंगलबार तोलाको २ लाख ७३ हजार ९ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ सय १५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ४ हजार ९ सय २० रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ५ सय ५ रूपैयाँ थियो ।

























