
काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । बुधबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ तोकिएको छ ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय २० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ३३ रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ।

























