
काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४० हजार ९१० रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँ कायम भएको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा मूल्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।



















