घर निर्माण प्रदर्शनी: गुणस्तरीय सामग्री र अत्याधुनिक सुरक्षा प्रणालीबारे विज्ञको सुझाव

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार १८:३१
घर निर्माण प्रदर्शनी: गुणस्तरीय सामग्री र अत्याधुनिक सुरक्षा प्रणालीबारे विज्ञको सुझाव

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा जारी ‘घर निर्माण प्रदर्शनी’ को दोस्रो दिन सुरक्षित र मजबुत घर निर्माणका विविध प्राविधिक पक्षमा केन्द्रित रहँदै बृहत् छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

प्रदर्शनीअन्तर्गतको ‘थिमेटिक सेसन’ (विषयगत सत्र) मा निर्माण सामग्रीको गुणस्तर मापन र घरको अग्नि सुरक्षाका विषयमा विज्ञहरूले आफ्ना प्रस्तुति राखेका थिए ।

सेसनको पहिलो सत्रमा ‘निर्माण सामग्रीको गुणस्तर कसरी जाँच्ने’ शीर्षकमा बोल्दै इन्जिनियर अमितकुमार गुप्ताले निर्माण सामग्रीको छनोट र प्रयोगमा हुने सानो लापरबाहीले ठुलो आर्थिक र संरचनात्मक क्षति निम्त्याउने बताए । उनले विशेषगरी सिमेन्टको भण्डारण अवधि र त्यसको भारवहन क्षमताको सम्बन्धबारे महत्त्वपूर्ण जानकारी दिए ।
इन्जिनियर गुप्ताका अनुसार ३ महिना भण्डारण गरिएको सिमेन्टको क्षमता २० प्रतिशतले घट्छ । ६ महिनामा ३० प्रतिशत र १ वर्ष भण्डारण भएमा ४० प्रतिशत क्षमता कम हुन्छ । २ वर्षसम्म भण्डारण भएको सिमेन्टको क्षमता ५० प्रतिशतसम्म घट्ने भएकाले यस्तो सिमेन्ट प्रयोग गर्नु जोखिमपूर्ण हुने भएकाले प्रयोग गर्न हुँदैन ।

उनले नेपाली समाजमा इन्जिनियरको प्राविधिक निर्देशनलाई बेवास्ता गर्ने चलन रहेको भन्दै गुणस्तरीय संरचनाका लागि प्राविधिक सल्लाह अनिवार्य पालना गर्न आग्रह गरे ।

त्यस्तै, दोस्रो सत्रमा इरोटेक टेक्नोलोजी संचालक एवं विज्ञ आशिष अग्रवालले ‘अग्नि सुरक्षा प्रणाली तथा घर सुरक्षा अभ्यास’ बारे जानकारी दिए । उनले आगलागीबाट हुने मानवीय र भौतिक क्षतिको मुख्य कारण आगो लागेको ढिलो थाहा पाउनु रहेको उल्लेख गरे ।

करिब ८० प्रतिशत आगलागीजन्य मृत्यु घर र कार्यालयमै हुने गरेको बताउँदै, अग्रवालले भने, ‘सानो आगो ३ मिनेटभित्रै नियन्त्रण बाहिर जान सक्छ । त्यसैले आधुनिक स्मार्ट प्रविधिको प्रयोग गरी धुवाँ वा असामान्य तापक्रमको सूचना मोबाइल एपमार्फत तत्काल पाउने र स्वचालित रूपमा विद्युत् आपूर्ति बन्द हुने प्रणाली जडान गर्नु जरुरी छ । सिसिटिभी र फायर अलार्मलाई एकीकृत गरी २४ सैँ घण्टा घरको सुरक्षा सुनिश्चित गर्न सकिने छ ।’
प्रदर्शनीमा आधुनिक प्रविधि, उपकरण र निर्माण सामग्रीका ७५ वटा स्टल राखिएका छन् ।

यसैक्रममा, शनिबार आधुनिक घरका लागि ‘वास्तुकलाको सिद्धान्त र प्रयोग तथा इन्टेरियर डिजाइन अवधारणा र स्पेस प्लानिङ’ का विषयमा विज्ञहरूको प्रस्तुतीकरण र अन्तरक्रिया रहने आयोजकले जनाएको छ । सुरक्षित र सुन्दर घर बनाउन चाहने सर्वसाधारणका लागि यो प्रदर्शनी एउटा महत्त्वपूर्ण थलो बनेको छ ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.