मोरङ भेट्रान टेबल टेनिस संघको अध्यक्षमा विशाल केडिया

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार १३:४९
मोरङ भेट्रान टेबल टेनिस संघको अध्यक्षमा विशाल केडिया

विराटनगर । पूर्वराष्ट्रिय टेबल टेनिस खेलाडी विशाल केडियाको अध्यक्षमा मोरङ जिल्ला भेट्रान टेबल टेनिस संघ गठन भएको छ ।

विराटनगरमा आयोजित एक कार्यक्रममा केडियाको अध्यक्षतामा ११ सदस्यीय संघको गठन भएको हो ।कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले खेलाडी र खेलको उचित व्यवस्थापनका लागि मन्त्रालयले विशेष काम गर्ने बताए । कार्यक्रममा मन्त्री मेहताले खेलकुद क्षेत्रको अस्तव्यस्त अवस्थालाई व्यवस्थित गर्ने उल्लेख गरे ।

स्वास्थ्य र प्रदेशका लागि खेलकुद प्राथमिकतामा रहेको बताउँदै मन्त्री मेहताले युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सोही क्रममा नवगठित संघका अध्यक्ष विशाल केडियाले टेबल टेनिसमा भेट्रानको सहभागितासँगै युवा र नयाँ प्रतिभा खोजीमा पनि जोड दिने बताए । उनले भने,  ‘हामीले त खेलिसक्यौं  ।अब नयाँ पिँढीका युवा खेलाडीलाई पनि मार्ग दर्शक बन्दै जाने छौँ । आफू पनि स्वास्थ्य रहन खेलकुदलाई प्राथमिकतामा राख्छौ।’

तीन वर्षे कार्यकालका लागि अध्यक्ष बनेका केडियासहित प्रथम उपाध्यक्षमा उपकार श्रेष्ठ, महासचिवमा सन्तोष प्रधान, सदस्यमा अनुज बानियाँ, सत्यनारायण राजभण्डारी, मञ्जु भगत, सोनाम चौधरी र धर्मेन्द्र केसरी रहेका छन् । समितिमा एक उपाध्यक्ष, सचिव र कोषाध्यक्ष भने आपसी छलफल पनि नियुक्त गर्ने अध्यक्ष केडियाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.