पेट्रोलियम मूल्यवृद्धिका कारण यातायात क्षेत्र सङ्कटमा, व्यवसायीद्वारा चिन्ता व्यक्त

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार १५:५८

भैरहवा । पेट्रोलियम पदार्थमा भइरहेको निरन्तर मूल्यवृद्धिका कारण यातायात क्षेत्र गम्भीर सङ्कटमा परेको भन्दै व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। शनिबार भैरहवामा आयोजित लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घको १४औँ वार्षिक साधारणसभाका अवसरमा व्यवसायीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

इन्धनको मूल्य बढेसँगै व्यवसाय सञ्चालन गर्नै कठिन भएको र राज्यले तत्काल सम्बोधन नगरे ढुवानी सेवा नै प्रभावित हुन सक्ने चेतावनी उनीहरूले दिएका छन्। नेपाल ट्रक यातायात व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले नीति निर्माण तहमा रहेकाहरूले यातायात क्षेत्रका वास्तविक समस्या नबुझेको आरोप लगाए।

इन्धनसँगै मर्मत सम्भार, बीमा र करको भारसमेत थपिँदा व्यवसायीहरू दैनिक घाटा सहेर सवारी चलाउन बाध्य भएको बानियाँको भनाइ छ। उनले सरकारले समयमै भाडा समायोजन नगर्दा समस्या थप जटिल बनेको उल्लेख गरे। दुर्घटनाका कारण सवारीधनीले ठुलो आर्थिक क्षति बेहोर्नुपर्ने बाध्यता रहेको सुनाउँदै उनले नेपालमा दैनिक औसत सात जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको तथ्याङ्कसमेत प्रस्तुत गरे।

लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घका अध्यक्ष रुमाखर गौतमले राजनीतिक तथा नीतिगत अस्थिरताले पनि यो क्षेत्र मारमा परेको बताए। उनले स्वदेशी व्यवसायीको संरक्षणका लागि स्पष्ट र ठोस नीति ल्याउन सरकारसँग माग गरे।

सङ्घका संस्थापक अध्यक्ष विष्णुप्रसाद खरेलले नयाँ सरकारले यातायात क्षेत्रका अल्झिएका समस्या समाधान गर्नेमा आफूहरू आशावादी रहेको बताए। कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिलीप कान्दु, केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठ र सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली लगायतले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको यातायात क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.