प्रदेश सांसद पक्राउ

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार ०६:१४

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सांसद (प्रदेशसभा सदस्य) रेखाकुमारी शर्मा पक्राउ परेकी छन् । उनी पक्राउ परेसँगै लामो समयदेखि चर्चामा रहेको बालिका उद्धार प्रकरण फेरि चर्चामा आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शर्मालाई आइतबार राति काठमाडौंको धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदारका रूपमा आफ्नै घरमा राखेर लामो समयसम्म बालश्रम गराएको, साथै शारीरिक तथा मानसिक हिंसा गरेको गम्भीर आरोप छ ।

यसअघि नै काठमाडौं महानगरपालिका, नगरप्रहरी, वडा प्रतिनिधि तथा प्रहरीको संयुक्त टोलीले ती बालिकाको उद्धार गरी घटनास्थल मुचुल्का तयार पारेको थियो । यो प्रकरण २०८१ जेठ १४ गते सार्वजनिक भएको थियो । जतिबेला महानगरले ती बालिकालाई उद्धार गरेको थियो । त्यसपछि काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाह (बालेन्द्र)ले सार्वजनिक रूपमा सांसद शर्मामाथि गम्भीर आरोप लगाउँदै बालिकालाई कुटपिट गर्ने, बाहिर निस्कन नदिने र उचित बसोबासको व्यवस्था नगरेको दाबी गरेका थिए ।

महानगरले २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत मुद्दा दर्ता गराएको थियो । उक्त ऐनअनुसार बालबालिकामाथि शारीरिक चोट पुर्‍याउने, मानसिक पीडा दिने, तिरस्कार गर्ने वा उपेक्षा गर्ने कार्यलाई हिंसा मानिएको छ । यस्ता कसुर प्रमाणित भएमा ५० हजार रुपैयाँसम्म जरिबाना र एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

तर, प्रारम्भिक चरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा चलाउन नपर्ने राय दिएपछि घटनाले नयाँ विवाद जन्माएको थियो । उक्त फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पठाइएको थियो । सरकारी पक्षको यस निर्णयप्रति शाहले सार्वजनिक असन्तुष्टि जनाउँदै पीडित बालिकासँग माफी समेत मागेका थिए ।

यही विवादका बीच मुद्दा सर्वोच्च अदालत सम्म पुगेको थियो । बालिकाका बुवाले छोरीलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । २०८१ असार २८ गते न्यायाधीशहरू सपना प्रधान मल्ल, टेकप्रसाद ढुंगाना र नहकुल सुवेदीको पूर्ण इजलासले महत्वपूर्ण फैसला गर्दै महानगरको कदमलाई ‘बालबालिकाको सर्वोत्तम हित’ अनुकूल ठहर गरेको थियो ।

अदालतले बालिकाको उद्धारलाई गैरकानुनी थुना नभएको स्पष्ट पार्दै उनलाई पुनः अभिभावकको जिम्मा लगाउन आदेश दिएको थियो । साथै, बालिका बालिग नहुँदासम्म काठमाडौंमै बसेर पढ्न चाहेको सन्दर्भमा उनको शिक्षा र हेरचाहको सुनिश्चितता गर्न महानगरपालिकालाई परमादेश समेत जारी गरिएको थियो ।

लामो समयसम्म कानुनी अन्योल, सरकारी निर्णय र सार्वजनिक दबाबबीच अल्झिएको यो प्रकरणमा अन्ततः प्रहरीले सांसद शर्मालाई पक्राउ गरेसँगै घटनाले नयाँ मोड लिएको छ । अब उनीमाथि औपचारिक अनुसन्धान प्रक्रिया अघि बढ्ने र आवश्यक प्रमाणका आधारमा अभियोजन गरिने प्रहरी स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.