निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह: इमानदारीपूर्वक उद्योग र व्यापारमा लाग्नुस्

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार ११:०४

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई इमानदारीपूर्वक उद्योग र व्यापारमा केन्द्रित हुन आग्रह गरेका छन्। नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग सोमबार भएको भेटमा उनले निजी क्षेत्रको विकास र लगानी सुरक्षामा सरकार पूर्ण रूपमा गम्भीर रहेको बताए।

वर्तमान सरकार जनताको ठुलो आशा र भरोसाका साथ बनेकाले यो महत्त्वपूर्ण समयलाई देशको आर्थिक उन्नतिका लागि सदुपयोग गरिने उनले स्पष्ट पारे। निजी क्षेत्रले लामो समयदेखि खोजेको राजनीतिक स्थिरता प्राप्त भएकाले अबको लक्ष्य आर्थिक समृद्धि मात्र हुनुपर्नेमा अर्थमन्त्रीले जोड दिए।

सरकारले बजेटमार्फत निजी क्षेत्रका समस्यालाई फरक ढङ्गले सम्बोधन गर्न लागेको जानकारी दिँदै उनले कार्यभार सम्हालेकै पहिलो दिन १५ वटा पुराना कानुन खारेज गरेर सरकारको उदारता पुष्टि गरिसकेको बताए। सरकारले उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिए पनि बजारको उचित नियमन भने गरिने उनले प्रस्ट पारे।

परिसंघले राखेको नमुना औद्योगिक पार्क निर्माणको मागप्रति अर्थमन्त्री सकारात्मक देखिएका छन्। उनले ठूला बहुराष्ट्रिय कम्पनी वा लगानी भित्र्याएर लगानीमैत्री वातावरण बनाउन पहल थाल्न निजी क्षेत्रलाई आग्रह गरे। यस्ता आयोजनामा सरकारले सबै प्रकारका नीतिगत र प्रशासनिक सहयोग गर्ने उनको भनाइ छ।

स्वदेशी र विदेशी लगानीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताउँदै उनले उद्यमीहरूलाई उत्साहित भएर काम गर्न आह्वान गरे। भेटमा परिसंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रका चुनौतीबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.