प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार १२:१४

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन्। ६५ वर्षे उमेर हदका कारण उनी अवकाशमा जान लागेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। राउतको अवकाशपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्।

कानुन व्यवसायीको पृष्ठभूमिबाट आएका राउत २०७३ साउन १७ गते सर्वोच्चको न्यायाधीश बनेका थिए। ३३ वर्ष वकालत र ८ वर्ष न्यायाधीशका रूपमा बिताएका उनी १८ महिनाअघि प्रधानन्यायाधीश बनेका थिए। न्यायपालिकाभित्रको विकृति र विसङ्गति अध्ययन गर्न गठित हरिकृष्ण कार्की नेतृत्वको समितिमा सदस्य रहेकाले उनको कार्यकालमा सुधारको अपेक्षा गरिएको थियो।

आफ्नो कार्यकालमा केही संरचनागत सुधार गरे पनि आफैँ संलग्न रहेको समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गराउन नसकी उनी बिदा हुन लागेका छन्। न्यायालयको शुद्धीकरण गर्ने कसम खाएका राउतले अपेक्षा गरिए अनुसारको सुधारका काम अधुरै छाडेर अवकाश लिन लागेका हुन्।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.