सेयर बजारमा सुधार : नेप्से १९.७० अङ्कले बढ्यो

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार १५:३९

काठमाडौं । अघिल्ला दुई दिनमा ११९ अङ्कले घटेको सेयर बजारको परिसूचक नेप्से मंगलबार भने १९.७० अङ्कले बढेको छ । आजको वृद्धिसँगै नेप्से परिसूचक २८५१ अङ्कमा कायम भएको छ । कारोबार अवधिको न्यून विन्दु २७८९ अङ्कसम्म झरेको बजारले अन्त्यमा सुधारको लय समातेको हो ।

बजार बढे पनि कारोबार रकममा भने सामान्य गिरावट आएको छ । अघिल्लो दिन १२ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएकोमा आज ११ अर्ब ११ करोड रुपैयाँको मात्र सेयर किनबेच भयो ।

बजारका अधिकांश समूहगत सूचकहरूमा हरियाली छाएको छ । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशतले बढ्यो भने बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र बिमा समूहका सूचकहरू पनि बढेका छन् । यद्यपि, अन्य समूह भने ०.५५ प्रतिशतले घटेको छ । आज कुल १९५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज ६ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् ।

अर्कोतर्फ सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ८.९६ प्रतिशतले घट्यो । आज धेरै कारोबार हुने कम्पनीहरूमा रिडी पावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल र कुमारी बैंक अगाडि देखिएका छन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.