विराटनगरमा शनिबार ‘साइक्लोथन’ हुँदै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १८, बुधबार १९:१४
विराटनगरमा शनिबार ‘साइक्लोथन’ हुँदै 

विराटनगर । विराटनगरमा ७ औं ‘साइक्लोथन’ प्रतियोगिता चैत २१ गते हुने भएको छ । रोटरी क्लब अफ विराटनगर फ्युजनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साइक्लोथन बारे जानरकारी गराएको हो ।

रोटरी क्लब अफ विराटनगर फ्युजनकी अध्यक्ष सोनिया गुप्ता चौधरीले चैत २१ शनिबार विराटनगरमा साइक्लोथन हुने जानकारी दिइन् । उनका अनुसार पुरुषतर्फ गियर र गियर बिना तथा महिलातर्फ खुला साइक्लोथनको इभेन्ट हुनेछ ।

Advertisement

साइक्लोथन (साइकल र्‍याली) मा सहभागीले विराटनगर महानगरपालिकाभित्र १५ किलोमिटर दूरीको यात्रा पूरा गर्नुपर्ने हुन्छ ।  प्रतियोगितामा प्रथमले नगद १५ हजार, द्वितीयले नगद १० हजार र तृतीयले नगद ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष चौधरीले बताइन् ।

अध्यक्ष चौधरीले साइक्लोथन आयोजना गर्दा लाग्ने सम्पूर्ण खर्च गरेर भएको नाफा रकमले कटहरी गाउँपालिका–४ मा रहेको मुसहर बस्तीमा ५० वटा शौचालय निर्माण गरी हस्तान्तरण गर्ने बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.