कर्मचारी खेलकुद जेठमा

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १८, बुधबार २०:०८
कर्मचारी खेलकुद जेठमा

काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा १५ औं कर्मचारी खेलकुद प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा फुटसल, ब्याडमिन्टन, टेबल टेनिस र बुद्धिचाल गरी ४ खेलमा प्रतिस्पर्धा हुने आयोजक इसानका अध्यक्ष रामविनय श्रेष्ठले जानकारी दिए । उनका अनुसार फुटसलमा २, ब्याडमिन्टनमा ७, टेबल टेनिसमा ५ र बुद्धिचालमा १ गरी १५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जेठ १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू काठमाडौंमा हुनेछ ।

अध्यक्ष श्रेष्ठले पदक विजेतालाई नगद, प्रमाणपत्र, पदक र ट्रफीसहित पुरस्कृत गरिने बताए । नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्था र निजी क्षेत्रका संगठित संस्थामा कार्यरत कर्मचारीले प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.