
काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बुधबार प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदी तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ।



















