
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ। बिहीबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम गरिएको छ। केही दिनदेखि सुनको मूल्यमा उतारचढाव आइरहे पनि साताको अन्तिम दिन भने मूल्य स्थिर देखिएको हो।
सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि भएको छ। चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ। त्यस्तै १० ग्राम चाँदीको मूल्य ४ हजार १४० रुपैयाँ ५० पैसा तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने परिवर्तनको प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।



















