झापामा सर्वाधिक पुरस्कार राशिको महिला गोल्डकप वैशाख ५ गतेदेखि 

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १७:१८
झापामा सर्वाधिक पुरस्कार राशिको महिला गोल्डकप वैशाख ५ गतेदेखि 

झापा । नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता झापाको भद्रपुरमा वैशाख ५ गतेदेखि हुने भएको छ ।

भद्रपुरको चन्द्रगढी युवा क्लबले महिला खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सर्वाधिक पुरस्कार राशि राखेर ‘प्रथम चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल’ प्रतियोगिता आयोजना गरेको हो ।

भद्रपुरस्थित मेची रंगशालामा वैशाख ५ देखि १४ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्न लागेको क्लबले जनाएको छ । क्लबका अध्यक्ष रोहित सुब्बाले प्रतियोगिताको मुख्य उद्देश्य झापालाई महिला फुटबलको ‘हब’ को रूपमा विकास गर्ने र ग्रास रुटबाटै खेलाडी उत्पादनमा टेवा पुर्‍याउने रहेको छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । आयोजक चन्द्रगढी युवा क्लबसहित नेपालका ३ विभागीय टोलीहरू (त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लब), चर्च ब्वाइज युनाइटेड र संकटा फुटबल क्लबको सहभागिता निश्चित भइसकेको छ भने भारतको एक, भुटानको एक र अन्य एसियाली मुलुकका २ वटा क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, प्रशिक्षक र  सर्वाधिक गोलकर्ताले जनही २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलका लागि रंगशालाको निर्माण तथा स्तरोन्नति धमाधम भइरहेको छ । चैत अन्तिमसम्म मैदान र अस्थायी प्यारापिटको काम सक्ने गरी तीव्र गतिमा काम अघि बढाइएको अध्यक्ष सुब्बाले बताए । प्रतियोगिता सञ्चालनका लागि अनुमानित खर्च १ करोड रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.