बुढीगंगा गोल्डकपः धनकुटालाई हराउँदै झापा सेमिफाइनलमा

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार ०७:२७
बुढीगंगा गोल्डकपः धनकुटालाई हराउँदै झापा सेमिफाइनलमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा जारी ‘प्रथम बुढीगंगा गाोल्डकप’ फुटबल प्रतियोगितामा झापाको चात्या सा फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेको छ ।

बुढीगंगा–२ अमाहीमा भएको खेलमा झापाले धनकुटाको रारा फुटबल क्लबलाई ४–० गोल अन्तरमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेलको १७ औँ मिनेटमा झापाका रुजन न्यौपाने गोल गर्दै अग्रता दिलाए । ३० औँ मिनेटमा झापाका आशिष चापागाईं गोल गर्दै टोलीका गोल संख्या दोब्बर बनाए । झापाका लागि रिचर्ड विल्सनले  ३८ र ८० औँ मिनेटमा गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याए । रिचर्ड प्लेयर अफ द म्याच भए ।

प्रतियोगिताअन्तर्गत सोमबार (आज)को खेल आयोजक बुढीगंगा पालिका टिम र सुनसरीको धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चैत २७ गतेसम्म हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टोलीको सहभागिता रहेको छ  । जसमा आयोजक पालिका बुढीगंगा, सिरहाको सलहेश युवा क्लब, धनकुटाको रारा फुटबल क्लब, सुनसरीको धरान फुटबल क्लब, झापाको चात्या सा फुटबल क्लब, काठमाडौंको आरआइएफसी, काठमाडौंको जस्ट जोन फुटबल क्लब (नाइजेरिया) र भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.