घरेलु मैदानमै आयोजक स्तब्ध, धरान बुढीगंगा गोल्डकपको सेमिफाइनलमा

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार १९:२०
घरेलु मैदानमै आयोजक स्तब्ध, धरान बुढीगंगा गोल्डकपको सेमिफाइनलमा

विराटनगर । आयोजक टोलीलाई स्तब्ध पार्दै पाहुना टोली सुनसरीको धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिकामा जारी ‘प्रथम बुढीगंगा गोल्डकप’ फुटबल प्रतियोगितामा धरानले आयोजक बुढीगंगा पालिका टिमलाई २–० गोल फरकमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो मिनेटमै आयोजकविरुद्ध धरानका सविन राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । आयोजकलाई दबाबमा राख्दै धरानका लागि ४२ औं मिनेटमा तपन कार्कीले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

आयोजकले गोल गर्ने प्रयास गरे पनि सफल नहुँदा खेल पाहुना टोलीलाई सुम्पनु पर्यो । खेलको प्लेयर अफ द म्याच धरानका सविन राईले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मंगलबार भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लब र नाइजेरियाको जस्ट जोन फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.