नाइजेरिया बुढीगंगा गोल्डकपको सेमिफाइनलमा 

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २४, मंगलबार १९:५१
नाइजेरिया बुढीगंगा गोल्डकपको सेमिफाइनलमा 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित ‘प्रथम बुढीगंगा गोल्डकप फुटबल’ प्रतियोगितामा नाइजेरियाको जस्ट जोन फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।

बुढीगंगा–२ अमाही मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा नाइजेरियाले भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबलाई ३–१ गोलमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेलको १७ औँ मिनेटमा नाइजेरियाका अफिज ओलावीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३५ औँ मिनेटमा नाइजेरियाकै डेभिड ओलेले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

डिबक्सभित्र नाइजेरियन खेलाडीको हातमा बलले लागेपछि पाएको पेनाल्टी सुटको फाइदा उठाउँदै सिलिगुडीका अनिष राईले ४० औँ मिनेटमा गोल गरी गोल अन्तर कम गर्दै १–२ को स्थितिमा पुर्‍याए ।

६१ औँ मिनेटमा नाइजेरियाका हम्जाद डेमोलाले गोल गर्दै अग्रतालाई बढाए । खेलको प्लेयर अफ द म्याच नाइजेरियाका अफिज ओलावीले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । उनलाई संविधान सभा सदस्य वीरेन्द्र माझीले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार सिरहाको सलहेश युवा क्लब र सुनसरीको धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×