बुढीगंगा गोल्डकपको उपाधि नजिक सलहेश 

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २५, बुधबार २२:२३
बुढीगंगा गोल्डकपको उपाधि नजिक सलहेश 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा जारी ‘प्रथम बुढीगंगा गाोल्डकप’ फुटबल प्रतियोगितामा सिरहाको सलहेश युवा फुटबल क्लब विजयी हुँदै फाइनलमा पुगेको छ । बुढीगंगा–२ अमाहीमा बुधबार भएको खेलमा सलहेशले धरानको धरान फुटबल क्लबलाई ३–१ गोल फरकमा हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलको ३३ औँ मिनेट सलहेशका फकुन्ले ओबायामीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । मध्यान्तरसम्म अग्रता लिएको सलहेशले मध्यान्तरपछिको पहिलो मिनेटमै फोडे फोफोनाले गोल गर्दै टोलीको २ शून्यको अग्रता बनाए ।  सलहेशका फकुन्लेले पुनः ४४ औँ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे अग्रता बढाए । धरानका लागि एक मात्र सान्त्वना गोल ५६ औँ मिनेटमा तपन कार्कीले गरे ।

खेलको प्लेयर अफ द म्याच सहलेशका फकुन्ले ओबायामीले ५ हजार र ट्रफी प्राप्त गरे । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल बिहीबार झापा दमकको चात्या सा फुटबल क्लब र नाइजेरियाको जस्ट जोन एफ सीबीच हुने आयोजकले जनाएको छ ।

चैत २७ गतेसम्म हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टोलीको सहभागिता रहेको छ  । जसमा आयोजक पालिका बुढीगंगा, सिरहाको सलहेश युवा क्लब, धनकुटाको रारा फुटबल क्लब, सुनसरीको धरान फुटबल क्लब, झापाको चात्या सा फुटबल क्लब, काठमाडौंको आरआइएफसी, काठमाडौंको जस्ट जोन फुटबल क्लब (नाइजेरिया) र भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×