सेयर बजारमा १३ अंकको गिरावट, उत्पादन समूहमा भने नयाँ रेकर्ड

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार १५:३३

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से १३.४६ अंकले घटेको छ। आगामी आइतबार सार्वजनिक बिदा हुने भएपछि शुक्रबार पनि सेयर कारोबार सञ्चालन गरिएको हो। आजको गिरावटपछि नेप्से परिसूचक २८३७ अंकमा आएर अडिएको छ।

बजार घटेसँगै कारोबार रकममा पनि केही संकुचन देखिएको छ। अघिल्लो दिन ९ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ८ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भयो। आज कुल ५६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर रह्यो।

समग्र बजार घटे पनि उत्पादन तथा प्रशोधन समूहमा भने उछाल आएको छ। यो समूह १.५९ प्रतिशत (१८२ अंक) ले बढेर हालसम्मकै उच्च ११ हजार ६४२ अंकको विन्दुमा पुगेको छ। केही नयाँ कम्पनीहरूको प्रवेश र लगातारको मूल्य वृद्धिका कारण यो समूहले नयाँ रेकर्ड कायम गरेको हो।

आज उत्पादन र हाइड्रोपावर बाहेकका अन्य सबै उपसमूहका सूचक घटेका छन्। हाइड्रोपावर समूहमा ०.०८ प्रतिशतको सामान्य वृद्धि देखियो। अन्य उपसमूहमा भने गिरावट आएको छ, जसमा अन्य समूह १.३९ र लगानी समूह १.१२ प्रतिशतले ओरालो लागेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स र बिमा लगायतका क्षेत्रमा पनि गिरावट देखिएको छ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.