एडीबीद्वारा सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार १६:३७

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। एडीबीले ‘एसियन डेभलपमेण्ट आउटलुक’ मार्फत आगामी वर्षको यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। यो प्रक्षेपण विश्व बैंकले दुई दिनअघि सार्वजनिक गरेको २.३ प्रतिशतको अनुमानभन्दा केही बढी देखिएको छ।

नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले विगतको राजनीतिक अनिश्चितता, नागरिक अशान्ति र मध्यपूर्वमा जारी द्वन्द्वका कारण सन् २०२६ मा आर्थिक वृद्धिदर सुस्त रहने उल्लेख गरे।

राजनीतिक स्थिरताले भविष्यमा अर्थतन्त्रमा आत्मविश्वास बढाउने अपेक्षा गरिए पनि अन्तर्राष्ट्रिय द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पर्यटन क्षेत्र र विप्रेषण आप्रवाहमा जोखिम कायमै रहेको उनले बताए।

यद्यपि, आन्तरिक मागमा सुधार, जलविद्युत निर्यातमा वृद्धि र पर्यटन क्षेत्र सुदृढ हुँदै गएकाले सन् २०२७ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडिपी) वृद्धिदर मजबुत भएर ५ प्रतिशत पुग्ने एडीबीको अनुमान छ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.