इक्युवालिटी कपमा विराटनगर र राजविराज विजयी 

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार १७:५२
इक्युवालिटी कपमा विराटनगर र राजविराज विजयी 

विराटनगर । विराटनगरमा शुक्रबारदेखि सुरु भएको ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा विराटनगर हब र राजविराज हबले विजयी सुरुवात गरेका छन् ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरले नेपाल क्रिकेट फाउन्डेसन ११ (एनसीएफ) लाई ६० रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २० ओभरको खेल भए पनि पानी परेका कारण छोटाएर १० ओभर मात्रै खेलाइएको थियो ।

टस जितेर पहिले ब्याटिङ थालेको विराटनगरले निर्धातिर १० ओभरको खेलमा ४ विकेटको क्षतिमा ८३ रनको चुनौती प्रस्तुत गरेको थियो । प्रिन्सा राना मगरले २७ रन, शुभेच्छा लिम्बूले १४ रन बनाइन् । बलिङमा एनसीएफकी अनिशा थापाले २, झरना घिमिरे र रोजु परियारले समान १–१ विकेट लिए ।

८४ रनको लक्ष्य पाएको एनसीएफले पूरै ओभर खेल्दै ६ विकेटमा २३ रनमै समेटियो । शकुन्तला सहनीले मात्रै १० रन बनाइन् । बलिङमा विराटनगरकी शुभेच्छा लिम्बूले ४ र सानु राजवंशीले १ विकेट लिए । खेलमा विराटनगरकी शुभेच्छा लिम्बू प्लेयर अफ द म्याच भइन् ।

त्यस्तै, दिनको दोस्रो खेलमा राजविराज हबले सिरहा हबलाई ७ विकेटले हराउँदै विजयी भयो ।  राजविराजले टस जितेर बलिङ रोज्दै सिरहालाई पहिले ब्याटिङको मौका दिएको थियो । पहिले ब्याटिङ थालेको सिरहाले निर्धारित २० ओभरको खेलमा ११ ओभर २ बलमा सबै विकेट गुमाउँदै ३८ रन बनायो । सरस्वती चौधरीले १३ रन बनाइन् । बलिङमा राजविराजकी साक्षी यादवले ६ विकेट तथा दीपा राम, अपेक्षा यादव र वन्दना रजकले समान १–१ विकेट लिए ।

सामान्य लक्ष्य पाएको राजविराजले १० ओभर ३ बलमा ३ विकेट गुमाउँदै ४१ रन बनाउँदै विजयी भयो । साक्षी यादवले १५ रनको बनाइन् । बलिङमा सिरहाकी सरस्वती चौधरी, प्रसिद्धिका खड्का र मिना महतोले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच राजविराजकी साक्षी यादव भइन् ।

प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेल सिरहा हब र विराटनगर हब तथा दोस्रो खेल एनसीएफ ११ र राजविराज हबबीच हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.