सलहेशलाई बुढीगंगा गोल्डकपको उपाधि 

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २८, शनिबार ०८:४६
 सलहेशलाई बुढीगंगा गोल्डकपको उपाधि 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा भएको ‘प्रथम बुढीगंगा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि सिरहाको सलहेश युवा क्लबले जितेको छ । बुढीगंगा–२ अमाही भएको फाइनलमा खेलमा सिरहाले झापा दमकको चात्या सा फुटबल क्लबलाई २–० गोल फरकमा पराजित गर्दै उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलको छैटौं मिनेटमा सिरहाका फोडे फोफनाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । एक गोलले पछाडि रहेको झापाले गोलको धेरै प्रयास गरे भने सिरहाले गोल संख्या बढाउने खोजे पनि मध्यान्तरसम्म दुवै टोलीले गोल गर्न सकेनन् ।

मध्यान्तरपछि १२ औँ मिनेटमा सिरहाका फकुन्ले अबोयामीले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।
प्रतियोगिताको उपाधि जित्दै सलहेशले ५ लाख रुपैयाँ र उपविजेता झापाले २ लाख ५० हजार  रुपैयाँका साथै ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याच झापाका जनमय धामीले ५ हजार रुपैयाँ पाए ।

त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक सलहेशका रेम्बो चौधरी, बेस्ट डिफेन्डर सलहेशकै कुलदीप कार्की, उत्कृष्ट प्रशिक्षक सलहेशका राजीव यादवले जनही १० हजार रुपैयाँ पुरस्कार पाए । सर्वाधिक गोलकर्ता सलहेशकै फोडे फोफना र फकुन्ले अबोयामीको समान ४–४ गोल भएपछि पुरस्कार राशिलाई बराबरी बाँड्दै जनही ५ हजार रुपैयाँ पाए भने वेस्ट मिल्डर झापाका शिशिर लेखीले १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सलहेशका फकुन्ले अबोयामीले २५ हजार रुपैयाँ पाए भने उदयमान खेलाडी बुढीगंगाका रक्की माझीले १० हजार रुपैयाँ पाए ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरूलाई कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, पालिकाका अध्यक्ष जितनारायण थापा मगरलगायतले पुरस्कार  प्रदान गरे ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.