विराट गोल्डकपः आर्मीलाई स्तब्ध पार्दै झापा सेमिफाइनलमा

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २८, शनिबार २३:४६
 विराट गोल्डकपः झापाले आर्मीलाई स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको उज्यालोसँगै फुटबलको महाकुम्भ ‘विराट गोल्डकप’ को ३८ औँ संस्करण शनिबारदेखि भव्य रूपमा सुरु भएको छ ।

प्रतियोगिताको उद्‌घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै झापा–११ ले सानदार जित निकालेको छ । यो जितसँगै झापा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
झापाको जितमा स्ट्राइकर फागुराम थारु नायक बने ।

उनले खेलको १० औँ र ४४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको १० औँ मिनेटमा अनुप तामाङको सटिक क्रस पासलाई सदुपयोग गर्दै फागुरामले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफ सकिन ठिक १ मिनेट अघि राजेश दाहालको पासमा उनले व्यक्तिगत दोस्रो गोल गरे । उत्कृष्ट प्रदर्शनका लागि फागुराम प्लेयर अफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

शनिबारको खेलले २०७१ सालको विराट गोल्डकप फाइनलको सम्झना ताजा गरायो । ११ वर्षपछि सोही मैदानमा आमनेसामने भएका यी दुई टोलीबीचको भिडन्त निकै रोचक थियो । ११ वर्षअघि पनि झापाले आर्मीलाई नै हराएर उपाधि उचालेको थियो । शनिबारको नतिजाले झापाको पुरानो विरासतलाई मात्र जोगाएन, आर्मीलाई प्रतियोगिताबाटै बाहिर पठाएको छ ।

खेलको २३ औँ मिनेटमा गौरव महर्जनको पासमा नवीन लामाले गोल गर्दै आर्मीलाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर, झापाको रक्षापंक्ति र गोलरक्षकको अगाडि आर्मीका प्रहारहरू सफल हुन सकेनन् । खेलको ७६ औँ मिनेटमा आर्मीका कप्तान जिलेस्पीजंग कार्कीको प्रहारलाई झापाका डिफेन्डर योगेश गुरुङले गोल लाइनबाट क्लियर गरेर झापाको संकट टारेका थिए ।

त्यस्तै, आर्मीका भरत खवास र गौरव महर्जनका कयौँ प्रयासहरू असफल भए । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरे ।

 

प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने ट्रस्टका प्रवक्ता धनकुमार लामाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×