इलाम गोल्डकप: मच्छिन्द्रको सानदार जित, पथरीलाई हराउँदै फाइनलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार २०:३३

इलाम । इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो संस्करणको इलाम गोल्डकपअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले पथरी ११ फुटबल क्लबलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै पूर्वलिग विजेता मच्छिन्द्र प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

खेलको १३ औँ मिनेटमा मिलन चाम्लिङले गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको चार मिनेटमै पथरीका मौसम लिम्बूले गोल गरी खेललाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफकै ३० औँ मिनेटमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए ।

Advertisement

दोस्रो हाफमा मच्छिन्द्रले खेलमा थप आक्रामकता प्रस्तुत गर्‍यो । खेलको ५० औँ मिनेटमा सौरभ सुब्बाले गोल गर्दै अग्रता ३–१ पुर्‍याए । ७० औँ मिनेटमा पथरीका सुजल डंगोलले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए पनि मच्छिन्द्रले पुनः दुई गोल थप्यो । ८० औँ मिनेटमा अविनाश स्याङत्याङ र इन्जुरी समयमा श्याम मुर्मुले गोल गरेपछि मच्छिन्द्रले ५–२ को सहज जित सुनिश्चित गर्‍यो ।

उत्कृष्ट प्रदर्शन गरेका मच्छिन्द्रका मिलन चाम्लिङ राई ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद ८ हजार १ सय रुपैयाँ र ट्रफी प्राप्त गरे । फाइनल पुगेसँगै मच्छिन्द्रले कम्तीमा नगद ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । बिहीबार हुने दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र रोलिङ क्लब झापाबीच प्रतिस्पर्धा हुने आयोजक रेडहर्स फुटबल क्लबले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सेयर बजारमा ४ अर्बको चलखेल: बीमा कम्पनीको फन्ड दुरुपयोग भएको बोर्डको निष्कर्ष
कोशी प्रदेशको आगामी बजेट: ‘प्रोजेक्ट बैंक’ बाहिरका योजनाले बजेट नपाउने
हिरासतमा विकको मृत्यु: दलित आयोगद्वारा निष्पक्ष छानबिनको माग
इलाम गोल्डकप: मच्छिन्द्रको सानदार जित, पथरीलाई हराउँदै फाइनलमा
नेपथ्यको क्यानडा यात्रा लन्डन कन्सर्ट : दर्शकको उत्साहजनक उपस्थिति
चन्द्रगढी महिला गोल्डकप: १० खेलाडीमा सीमित पुलिस सेमिफाइनलमा
शून्य बाँकी फाइल सप्ताह: फर्छ्योट हुन नसकेका फाइलको विवरण बुझाउन सरकारको आह्वान
मिथ्या सूचना र भ्रम फैलाउनेमाथि कारबाही गर्ने मन्त्रालयको चेतावनी
रुस-युक्रेन युद्धको भुमरीमा नेपाली: ११८ को मृत्यु, सयौँ बेपत्ता र घाइते
सहकारीको बचत फिर्ताका लागि महान्यायाधिवक्ता र सीआईबीसँग छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.