चन्द्रगढी महिला गोल्डकप: आज अन्तिम सेमिफाइनल खेल हुँदै

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १२, शनिबार ११:०४

बिर्तामोड । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज (शनिबार) अन्तिम सेमिफाइनल खेल हुँदैछ ।

आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा ए डिभिजन टोली चर्च ब्वाइज युनाइटेडको महिला टिम र विभागीय टोली एपिएफ फुटबल क्लबबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक चन्द्रगढी युवा क्लबले जनाएको छ ।

यसअघि क्वार्टर फाइनलमा चर्चले भुटानको थिम्पु सिटी एफसीलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो । चर्चले भुटानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै, एपिएफले प्रिक्वार्टर फाइनलमा ओखलढुंगाको पदमा स्पोर्टस् क्लबलाई ६–० गोल अन्तरले हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको थियो । बाइ पाएको संकटा एफसीलाई क्वार्टर फाइनलमा सडन डेथमा रोक्दै एपिएफले चर्चसँगको भेट निश्चित गरेको हो ।

आजको खेलको विजेता टोलीले बैशाख १४ गते फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आर्मी नेपाल पुलिस फुटबल क्लबलाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले बताए । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.