रगंशाला खाली गर्न त्रिभुवन विश्वविद्यालयकाे ३५ दिने अल्टिमेटम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार ०८:०४

काठमाडौं । विश्वविद्यालयकाे हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न त्रिभुवन विश्वविद्यालयले ३५ दिनको अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउने भन्दै गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना जारी गरेकाे हाे । विश्वविद्यालयले रंगशालासहित अन्य क्षेत्रमा अतिक्रमण गरेकाे जमिन पनि छाड्न भनेकाे छ ।

३५ दिने सूचनापछि जसले त्रिविको जग्गा प्रयोग गरेका छन् ती सबै निकायलाई छुट्टाछुट्टै पत्रचार गरी खाली गर्न भनेको छ । त्रिवि, रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ क्यानलाई पनि पत्र काटेको हाे ।

Advertisement

‘अतिक्रमित जग्गा फिर्ता ल्याउने काम अन्तर्गत सबै निकायलाई पत्र काटेका छौं । क्यानलाई पनि पत्र पठाएको छ,’ प्रशासन महाशाखाले भनेकाे छ, ‘क्यानसँगको सम्झौता यही मसान्तबाट सकिँदैछ ।’

सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएको जानकारी दिए ।

सरकारले पनि त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेर काम गरिरहेकाे छ । तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गुरुयोजना स्वीकृत भएको थियो ।

गुरुयोजना बमोजिम रंगशाला निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसअघिका सरकारले पनि क्रिकेट मैदान निर्माणमा लगानीसहितको काम अघि बढाएका थिए । तर त्रिविले मैदान खाली गर्न भनेपछि बाँकी निर्माण प्रक्रिया अन्यौलमा परेको छ । त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन २०८१ अनुसार कीर्तिपुरमा मात्रै करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको छ ।

तपाइको प्रतिक्रिया
‘पूर्वविशिष्टको विदेशमा उपचार खर्च राज्यले बेहोर्ने कार्यविधि खारेज’
अर्थतन्त्र सुधार्न सरकारको ‘रोडम्याप’ : ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (हेर्नुहाेस् स्थितिपत्र)
सरकारी खर्चमा कडाइ : होटल र रिसोर्टमा कार्यक्रम गर्न रोक
सुकुम्वासी बस्ती हटाउने निर्णयमा कारण देखाउ आदेश
राष्ट्रियसभा दलको नेता हटाउने तयारीमा कांग्रेस
निर्माण क्षेत्रमा देखिएको संकट तत्काल समाधान गर
आदिकवि भानुभक्तको जन्मथलोमा ‘भानु साहित्य उद्यान’ को शिलान्यास
धर्ना बसेकी पाठकमाथि हातपात, ७ जना पक्राउ
कोशीका निर्माण व्यवसायीले गुहारे प्रदेश सरकार
सेयर बजारमा ७.७३ अङ्कको सुधार, नेप्से २७९६ विन्दुमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.