अध्यादेश तत्काल फिर्ता लिन बारकाे आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १७:०९

काठमाडौं । राष्ट्रपतिसमक्ष जारी गर्नका लागि सिफारिस भएका पाँच वटा अध्यादेश तत्काल फिर्ता लिन नेपाल बार एशोसियसनले माग गरेको छ । बुधबार बारका महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता गर्न सरकार समक्ष माग गरेकाे हाे ।

बारले जनप्रतिनिधिमूलक संस्था, संसदीय विधि र प्रक्रियालाई सम्मान गर्न पनि सरकारलाई आग्रह गरेको छ । ‘अपवादको रुपमा अस्थायी तवरबाट प्रयोग हुने अध्यादेशको दूर्लभ अभ्यासलाई नियमित संसद् अधिवेशन आव्हान भइसकेपछि पुनः स्थगित गरी जनप्रतिनिधिमूलक संस्था संघीय संसदलाई छली अध्यादेश जारी गर्ने कार्यले संसदीय अभ्यास र संविधानको मर्ममाथि प्रहार गरी स्वेच्छाचारीतालाई बढावा दिने हुन्छ,’ विज्ञप्तिमा भनिएकाे छ,‘यस्ता कार्य संविधानवाद प्रतिकूल छ । अतः उक्त अध्यादेशलाई तत्काल फिर्ता लिन नेपाल सरकार समक्ष माग गर्दछौं ।’

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.